गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ सकियो, कस्तो आउला फैसला ?



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी रिटमाथिको सुनुवाइ सकिएको छ ।

शुक्रबार संवैधानिक इजलासमा लामिछाने पक्षका अधिवक्ताहरुले बहस गरेका थिए भने रिट निवेदकका तर्फबाट जवाफी बहस भएसँग सुनुवाइ सकिकएको हो । सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन् ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।


क्लिकमान्डु