एमालेबाट तपाईं राष्ट्रपति बन्न लाग्नुभएको हो भन्ने प्रश्नमा नेम्वाङको जवाफ: जो पनि राष्ट्रपति बन्नसक्छ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीको निर्णयको आधारमा राष्ट्रपति चयन हुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाका सभामुख चयनपछि संसद भवनबाट बाहिरिँदै नेता नेम्वाङले जनताको छोराछोरी जो पनि राष्ट्रपति बन्न सक्ने बताएका हुन् ।

एमालेबाट तपाईं राष्ट्रपति बन्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘जनताको छोराछोरी जो पनि राष्ट्रपति बन्नसक्छ । बन्नुहोस् भन्ने शुभकामना पनि छ । मेरो व्यक्तिगत आग्रह छैन । पार्टीले के निर्णय गर्छ हेरौं ।’


क्लिकमान्डु