छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेलाई सभामुखमा समर्थन: चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसको तर्फबाट सभामुखका उम्मेदवार इश्वरीदेवी न्यौपानेलाई मतदान गर्ने भएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले न्यौपानेको पक्षमा मतदान गर्ने बताए । सरकार र सत्तारुढ दलहरुको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको उनले बताए ।

गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेको नामै लिएर उनीहरुको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने अवस्था आएको नेता केसीले बताए ।

‘पहिलेको गठबन्धन मध्येको नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनिरहेको छ । उसलाई चाँही प्रतिपक्ष नै भएर सरकारलाई समर्थन नगरी किन बस्न सकेन ? किन सकेन भने अघि गएकाल हलो त रोज्छन सोझासोझा भनेर ऊ पनि सामेल भयो । यो स्थितिमा जे भएपनि जस्तो भएपनि छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेजीलाई राष्ट्रिय जनमोर्चाले सहयोग गर्छ ’ उनले भने ।


क्लिकमान्डु