माछा र ढोक्साको कथा हालेर ओलीले पिँजडा बनाउन खोजे: विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माछा र ढोक्साको कथा हालेर पिँजडा बनाउन खोजेको बताएका छन् ।

बिहीबार बसेको संसदको बैठकमा कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाएका थिए ।


क्लिकमान्डु