सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको थियो । बुधबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा बुधबार १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु