कृषि दशक घोषणा



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहले मन्त्रालयको कार्यभार सम्हालेसँगै दुई निर्णय घोषणा गरेकी छिन् ।

मन्त्री साहले पदभार ग्रहण गर्दै कृषि तथा पशुपन्छी बीमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज र रियल टाइम बेस्ड सफ्टवेयरमार्फत् बीमा गर्ने कृषकहरुको विवरण राख्ने निर्णय गरेकी हुन् ।

त्यसैगरी, कृषिमन्त्री साहले आर्थिक वर्ष २०८०/८१ देखि २०८९/९० लाई कृषि उत्पादन तथा लगानी दशकका रुपमा अभियान रुपमा मनाउन घोषणा गरेकी छिन् ।

साथै, उक्त कृषि लगानी दशक सैध्दान्तिक सहमतीका लागि मन्त्रिपरिषद्मा पेश गर्न अर्थ मन्त्रालयको सहमतीका लागि पेश गर्ने बताएकी छिन् ।


क्लिकमान्डु