प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन



काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सर्वसम्मतरुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

बिहीबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका थिए ।


क्लिकमान्डु