सिद्धार्थ बैंकका सीईओको तलब/भत्ता २ करोड ८० लाख, सञ्चालकको भत्ता बढ्यो



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत उक्त रकम भुक्तानी गरेको जाएको छ । यस्तै सञ्चालकहरुलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता तथा खर्च वापत ४१ लाख ७८ हजार ९०७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बैंकका निवर्तमान सीईओ शम्भु नाथ गौतमको कार्यकाल २०७८ साउन २५ गते देखि सकिएको थियो । २०७८ साउन १५ गते बसेको संचालक समितिको ३७७ औं बैठकको निर्णय अनुसार २०७८ साउन २६ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो । पछि २०७८ मंसिर २७ गते बसेको संचालक समितिको ३८५औं बैठकको निर्णय अनुसार त्यही दिनदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।

बैंकले सञ्चालकहरुलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता तथा खर्च वापत ४१ लाख ७८ हजार ९०७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । जसमा बैंकले बैठक भत्ता मात्रै अध्यक्ष मनोज कुमार केडियालाई ३ लाख ९ हजार, सञ्चालक नरेन्द्र कुमार अग्रवाललाई २ लाख ६ हजार, राहुल अग्रवाललाई २ लाख २८ हजार, दिनेश शंकर पालिखेलाई २ लाख ५६ हजार, अंकित केडियालाई २ लाख ४२ हजार र मिना कुमारी सैजुलाई २ लाख ५६ हजार रुपैयाँ भत्ता दिएको छ ।

२०७८ माघसम्म प्रति बैठक भत्ता अध्यक्षको १५ हजार र सदस्यको १२ हजार रहेको थियो । बैंकको वार्षिक साधारण सभाबाट पारित र नेपाल राष्ट्र बैंकको स्वीकृति तथा नियमावलीमा व्यवस्था भए बमोजिम २०७८ फागुन ९ गते बसेको संचालक समितिको ३८९औं बैठकदेखि प्रति बैठक भत्ता अध्यक्षलाई १८ हजार र सदस्यलाई १४ हजार प्रदान गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु