यी हुन् सिभिल बैंकका ठूला १७ सेयरधनी, इच्छाराज तामाङको मात्रै करिब ३५ करोडको स्वामित्व



काठमाडौं । सिभिल बैंकमा ७ कम्पनी र १० व्यक्तिसहित १७ व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।

बैंकमा कर्मचारी संचय कोष, नेशनल लाइफ इन्स्योरेन्स, यसस्विका इन्टरनेशनल प्रालि, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनी, विजय इन्टरनेशनल, केडिबी क्यापिटल कर्पोरेशन र प्रभु लाइफ इन्स्योरेन्स ठूला सेयरधनीको रुपमा रहेका छन् ।

बैंकमा सबैभन्दा बढी कर्मचारी सञ्चय कोषको ८.५१ प्रतिशत अर्थात ७७ करोड २६ लाख ८८ हजार ४ सय रुपैयाँको ७७ लाख २६ हजार ८८४ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै प्रदिपजंग पाण्डेको नाममा ४.३८ प्रतिशत अर्थात ३९ करोड ७४ लाख ५१ हजार ८०० रुपैयाँको ३९ लाख ७४ हजार ५१८ कित्ता सेयर रहेको छ । यस्तै इच्छाराज तामाङको ३.८५ प्रतिशत अर्थात ३४ करोड ९६ लाख ६९ हजार ७ सय रुपैयाँको ३४ लाख ९६ हजार ६९७ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको ३.४९ प्रतिशत अर्थात ३१ लाख ७१ हजार ४७८ कित्ता, यसस्विका इन्टरनेशनल प्रालिको ३.२१ प्रतिशत अर्थात २८ लाख ३४ हजार ३२६ कित्ता, एशियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको २.१७ अर्थात १९ लाख ६७ हजार ७७४ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रभाव गोयन्का भिमसारियाको १.९२ प्रतिशत अर्थात १७ लाख ४५ हजार ९३ कित्ता, अम्बिका शाहको १.७४ प्रतिशत अर्थात १५ लाख ७९ हजार ५८८ कित्ता, विजय इन्टरनेशनलको १.५३ प्रतिशत अर्थात १३ लाख ८६ हजार ९४४ कित्ता, केडिबी क्यापिटल कर्पोरेशनको १.०८ प्रतिशत अर्थात ९ लाख ८१ हजार २९६ कित्ता, बाल कृष्ण श्रेष्ठको ०.९१ प्रतिशत अर्थात ८ लाख २६ हजार ८१० कित्ता, रन बहादुर शाहको ०.८९ प्रतिशत अर्थात ८ लाख ५ हजार ७९१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै विरेन्द्र कुमार शाहको ०.८४ प्रतिशत अर्थात ७ लाख ६६ हजार ८३५ कित्ता, प्रभु लाइफ इन्स्योरेन्सको ०.७४ प्रतिशत अर्थात ६ लाख ६९ हजार ७३ कित्ता, गौरी श्रेष्ठको ०.७२ प्रतिशत अर्थात ६ लाख ५४ हजार ५४९ कित्ता, मिना महर्जनको ०.६० प्रतिशत अर्थात ५ लाख ४६ हजार ५२९ कित्ता र प्रकाश टायलको ०.५१ प्रतिशत अर्थात ४ लाख ६२ हजार ७८६ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु