सेयर बजारलाई प्रतिस्पर्धी, पारदर्शी बनाउन नयाँ स्टक चाहिन्छ: अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजार विकासका लागि, उचित प्रतिस्पर्धा आवश्यक रहेको बताए । त्यसका लागि नयाँ स्टक आवश्यक रहेको बताए ।

शुक्रबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २८ औं वार्षिक साधारणसभा अध्यक्ष हमालले राम्रो प्रतिस्पर्धा हुने हो भने बजार अटो मोडमा जाने बताए ।

उनले रियल सेक्टरलाई बजारमा ल्याउन पारदर्शी र प्रतिस्पर्धी हुन आवश्यक रहेको बताए । नयाँ स्टकले बजारलाई प्रतिस्पर्धी बनाउन सहयोग गर्नुका साथै स्वच्छ र पारदर्शी हुने उनको भनाइ छ ।

ब्रोकर शाखा बिस्तार गर्न २१ दिनभित्र अनुमति दिने गरि काम भइरहेको र त्यसका लागि समिति गठन गरिएको उनले बताए । समितिले अध्यययन गरेर प्रतिवेदन तयार पारिरहेको उनले जानकारी दिए ।

उनले लगानीकर्ताहरुको समस्याका बारेमा राष्ट्र बैंकलाई जानकारी गराउने र त्यसलाई सुल्झाउन प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्णबहादुर कार्किले वित्तीय साक्षरता संयुक्त रुपमा गर्नुपर्ने बताए । उनले नेप्सेले ओटीसी बजारलाई चालू आवभित्र डिजिट्लाईज्ड गर्ने बताए । कार्कीले यो बर्ष डाटा सिस्टमको अपग्रेड गर्ने बताए ।

सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले वैदेशिक रोजगारिमा रहेका १० हजार बढी लगानिकर्ता सहभागी रहेको बताए ।

नेपाल ईन्भेष्टर फाेरमका अध्यक्ष तुल्सिराम ढकालले लगानिकर्ता आए भन्दा पनि उनीहरुले शिक्षा पाएकि पाएनन् यसमा ध्यान दिनु पर्ने बताए । लगानिकर्ता सचेतना सबै प्रदेशमा आवश्यक रहेको उनको भनाइ छ ।

उनले हरेक ब्राेकरमा लगानिकर्ता सचेतना कक्षा राख्न उनले आग्रह गरे । उनले लगानिकर्ताले १२ कराेडभन्दा बढी लाेन लिन नसक्ने र भारित औषत १५०% पुगेकाे भन्दै यसमा संशाेधन गर्न आग्रह गरे ।


क्लिकमान्डु