एलआईसी नेपालले पायो हकप्रद सेयर जारी गर्ने सैद्धान्तिक स्वीकृति



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले हकप्रद सेयर जारी गर्ने सैद्धान्तिक स्वीकृति पाएको छ । इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते हकप्रद सेयर जारी गर्ने सैद्धान्तिक स्वीकृति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.४५१६ प्रतिशतका दरले हकपद्र सेयर निष्काशन गर्र्न अनुमति माग गरेको थियो ।

इन्स्योरेन्सले हाल कायम १ कित्ता बराबर ०.८८४५१६८ कित्ताका दरले हकप्रद सेयर निष्काशन गर्नेछ ।

इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित अनुमोदन गर्न विशेष साधारणसभा बोलाएको छ । प्राधिकरणले कम्पनीलाई उक्त सभाबाट पारित भएपश्चात लागू हुने गरी हकप्रद सेयर जारी गरी स्वीकृति दिएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिए ।

कम्पनीले माघ ३ गते, मंगलबार, लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौँमा विशेष साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस २५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले उक्त सभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु