विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार उपप्रधान तथा अर्थमन्त्री पौडेलले संसदमा विश्वासको मत प्राप्त गरेसँगै सरकारले पूर्णता पाउने बताएका हुन् ।

वर्तमान सरकार महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको उनको भनाइ छ ।

‘वर्तमान सरकार केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौं । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदसमक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ । मन्त्री परिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यमा केन्द्रित भएर गतिशित रुपमा अगाडि बढ्नेछ’ उनले भने ।

उनले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार जनता र राष्ट्रका समस्यमा समाधान गर्ने गरी गतिशिल रुपमा अगाडि बढ्ने बताए ।


क्लिकमान्डु