गरिमा विकास बैंकले भत्तामै खर्च गर्यो १३ लाख, अध्यक्षको भन्दा सञ्चालकको बढी



काठमाडौं । गरिमा विकास बैंकले भत्तामा करिब २३ लाख रुपैयाँ खर्च गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ मा बैंकका अध्यक्ष तथा सञ्चालकलाई भत्तावापत कुल १२ लाख ९३ हजार रुपैयाँ खर्च गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार बैंकका अध्यक्षभन्दा सञ्चालकले बढी भत्ता बुझेको देखिएको छ ।

बैंकको सञ्चालक समितिमा अध्यक्षसहित ६ जना सञ्चालकहरु रहेका छन् । अध्यक्षले लिएको भत्ताको तुलनामा सबै सञ्चालकले लिएको भत्ता रकम बढी देखिन्छ ।

सञ्चालक समितिको बैठक भत्ता बापत सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक १० हजार र सदस्यलाई प्रति बैठक ९ हजार रुपैयाँ भत्ता दिईएको बैंकले जनाएको छ ।

यस अवधिमा बैंकको सञ्चालक समितिको बैठक १७ पटक बसेको छ ।

यस्तै, समितिका अध्यक्ष र सञ्चालकलाई टेलिफोन खर्च तथा पत्रपत्रिका बापत मासिक ४ हजार रुपैयाँ प्रदान गर्ने गरिएको बैंकले जनाएको छ ।

आव २०७८/०७९ मा बैंकका सञ्चालक श्याम प्रसाद बस्यालले एक लाख ८० हजार रुपैयाँ बुझेका छन् । भने, बैंकका दिपेन्द्र श्रेष्ठले उक्त अवधिमा २ लाख ७४ हजार रुपैयाँ बुझेका छन् । बैंकका अर्का सञ्चालक बिमल पाण्डेले उक्त अवधिमा दुई लाख २३ हजार रुपैयाँ बुझेका छन् ।

यस्तै, बैंकका दुई सञ्चालकले एक लाख ९८ हजार रुपैयाँ भक्ता बुझेका छन् । सञ्चालकहरु आनन्द प्रसाद श्रेष्ठ र संजीव ढकालले सो बराबरको भक्ता बुझेका हुन् । बैंकका सञ्चालक सरस्वती पाठकले उक्त अवधिमा भत्ता स्वरुप एक लाख ९४ हजार रुपैयाँ बुझेकी छिन् ।

यस्तै, बैंकले बैंकका पूर्व सञ्चालक कुञ्जराज थापालाई २६ हजार रुपैयाँ भत्ता दिएको छ । बैंककाअनुसार थापालाई २०७८ भदौ १२ गतेसम्मको रकम दिईएको हो ।

सञ्चालक स्तरीय समितिहरु (लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समिति) को बैठकमा सहभागी संयोजकलाई प्रति बैठक ९ हजार तथा सञ्चालक सदस्यहरुलाई ८ हजार बैठक भत्ता प्रदान गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ । जसमा बैंकका सञ्चालक दिपेन्द्र श्रेष्ठ संयोजक र सदस्यमा बिमल पाण्डे रहेका छन् ।


क्लिकमान्डु