कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक धकेलिएको छ । यसअघि २२ पुसका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब पुस २८७ गते अपराह्न १ बजे बस्ने छ ।

त्यस्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभाको अधिवेशन २५ पुसमा प्रारम्भ हुने भएसँगै कांग्रेसले २३ पुसमा संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सिंहदरबारमा अपराह्न १ बजेका लागि बोलाइएको पौडेलले जानकारी दिए ।


क्लिकमान्डु