सचिवहरुसँग प्रधानमन्त्रीको छलफल, मंगलबार निर्देशनात्मक सम्बोधनको कार्यक्रम



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुसँग छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका छन् ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका छन् ।

सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि मंगलबार प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ ।


क्लिकमान्डु