सत्ता साझेदार दलको संयोजकमा ओली, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने



काठमाडौं । सत्ता गठबन्धनले ५ दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले त्यसका लागि समिति गठन गरेको छ ।
सत्ता साझेदार दलको प्रमुखमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले ओली नेतृत्वको समितिले ५ दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने जानकारी दिए । समितिमा सत्तारुढ प्रत्येक दलबाट १-१ जना नेताहरू रहेन छन् ।

ओली नेतृत्वको कार्यदलको बैठक भने भोलिदेखि हुने लामिछानेले जानकारी दिए ।

मन्त्रिपरिषद् विस्तारका विषयमा पनि सामान्य छलफल भएको बताउँदै लामिछानेले क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बताए । तर मन्त्रिपरिषद् विस्तारका लागि समय लाग्नसक्ने उनले बताए ।

संसदबाट विश्वासको मत प्राप्त गरेपछिमात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रहेको छ ।


क्लिकमान्डु