सुनको मूल्य २ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ सय रुपैयाँ कायम भएकोमा बिहीबार घटेर १ लाख ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु