धोबीखोला किनारका संरचनामा महानगरले चलायो डोजर



doger mahanagar

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरु भत्काएको छ ।

बुधबार काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा निर्माण गरिएका संरचनाहरु भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुको भागाभाग भएको थियो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्शाविपरितको बेसमेण्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । डोजरले आफूले व्यापार गर्दै आएको ठाउँ भत्काएपछि उनीहरुले सामान ओसार्न थालेका हुन् ।


क्लिकमान्डु