सरकार गठनको अनुचित, अपित्र र फोहोरी खेल भइरहेको छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार गठनका लागि गठबन्धनमा अनुचित, अपवित्र र फोहोरी खेल भइरहेको आरोप लगाएका छन् ।

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ सरकार बनाउनका लागि भइरहेका प्रयासहरु देशका लागि चिन्ताको विषय भएको बताएका हुन् ।
यस्तो खेलमा एमाले नलाग्ने उनको दाबी छ ।

‘सरकार गठनको अनुचित, अपित्र र फोहोरी उदेश्यप्रति एमाले पूर्णरुपमा असहमत छ र त्यसको विरुद्धमा छ’ उनले भने, ‘जुन क्रियाकलाप भइरहेको छ त्यसप्रति असहमत छ र यस्तो कुरामा एमालेमा जाँदैन ।’

सरकार देश जनता, सुशासनका लागि बन्नु पर्ने र यसबारेमा चर्चा हुनु पर्ने भए पनि गठबन्धन अहिले त्यो दिशामा नरहेको उनको भनाइ छ ।

अहिले को प्रधानमन्त्री र राष्ट्रपति हुने भन्नेमा गठबन्धनमा अलमल भइरहेको भन्दै उनले यस्ता हरकत विचार, देश, जनता र सुशासनका लागि नभएको उनको भनाइ छ ।


क्लिकमान्डु