स्वदेश फर्कियो विश्वकप विजेता टोली, अर्जेन्टिनामा भब्य स्वागत



काठमाडौं । विश्वकप विजेता अर्जेन्टाइन टोली स्वदेश फर्किएको छ ।

कतारमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै ट्रफी भित्र्याएको अर्जेन्टाइन टोली स्वदेश फर्किएको हो।

स्थानीय समय अनुसार लियोनल मेस्सी नेतृत्वको टोली विहान ३ बजे विमानस्थलमा अवतरण गरेको हो ।

विमानबाट बाहिरिने क्रममा अर्जेन्टाइन टोलीका कप्तानसमेत रहेका स्टार मेस्सीले ट्रफी प्रदर्शन गर्दै उत्रिएका थिए ।

विमानस्थलमा स्वागत गरेसँगै खेलाडीलाई गाडीमा राखेर लगिएको छ ।

हजारौंको संख्यामा अर्जेन्टाइनहरु समयको प्रवाह नगरी विजेता खेलाडीको स्वागतमा सडकमा निस्किएका छन् ।


क्लिकमान्डु