प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भइसकेको छ: प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री आलोपालो गर्ने सहमति भइरहेको बताएका छन् ।

सोमबार बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भइसकेको बताएका हुन् ।

यो समझदारी अहिले पनि कायमै रहेको उनले दाबी छ ।

प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा गठबन्धनबीच भागबन्डा हुने र प्याकेजमै सहमति हुनुपर्ने बताए ।

राष्ट्रपतिले दिएको समयभित्रै यी विषयमा निर्णय हुने उनले बताए । राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसले नै राख्ने कुरा नभएको दाबी गरे ।

राष्ट्रपतिले सात दिनको समय दिएर हिजो दलहरुलाई सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रचण्डले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको दाबी गरे । केहीले त्यस्तो सुझाव दिएको भए पनि अहिले त्यो विषय टुंगो लागिसकेको बताए ।


क्लिकमान्डु