सांसदहरुको सपथपछि मात्रै प्रधानमन्त्रीबारे छलफल : माओवादी प्रवक्ता महरा



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठक पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रत्रिक्रिया दिदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका हुन् ।

संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भएपनि सपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसंदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए ।


क्लिकमान्डु