सरकार गठनका लागि राष्ट्रपतिको आह्वान, दलहरुलाई ७ दिनको समय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् ।

आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकी हुन् । सरकार गठनका लागि उनले ७ दिनको समय दिएकी हुन् ।

‘…प्रधानमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधार १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७२ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि १० गते आइतबार १७ बजेभित्र दाबी पेस गर्न’ राष्ट्रपतिबाट आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


क्लिकमान्डु