सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ।

शुक्रबार प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।


क्लिकमान्डु