महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छ- बालेन्द्र शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन्।

बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताएका हुन् ।

उपत्यकाभित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने उनको भनाइ थियो ।

प्रमुख शाहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताए । मौलिक बाजाहरुलाई अभिलेखीकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्नेमा उनको जोड थियो ।

काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरु गरिएको उनले बताए ।

शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै महानगर अगाडि बढेको शाहले बताए ।


क्लिकमान्डु