साढे ५ महिनापछि बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा



काठमाडौं । बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेका अनुसार बैंकको सेयर कारोबार आजै देखि फुकुवा भएको हो ।

बैंंकको सेयर कारोबार असार २ गतेदेखि रोकिएको थियो । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने भएपछि कारोबार रोकिएको थियो ।

अब भने बुधबार देखि बैंकको सेयर कारोबार हुनेछ । ग्लोबलले बीओकेलाई १ः१ को अनुपातमा मर्जर गर्ने भएको छ ।


क्लिकमान्डु