प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक: कांग्रेस पहिलो, कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)



मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएको छ ।

प्रतिनिधि सभातर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।
कांग्रेसले ५७ स्थानमा जित हात पारेको छ ।

दोस्रो स्थानमा नेकपा एमाले रहेको छ उसले ४४ स्थानमा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले १८ क्षेत्रमा जित निकालेको छ ।

चौथो स्थानमा रहेको एकीकृत समाजवादीले १० स्थानमा जित हात पार्दा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हात पारका छन् ।

लोकतान्त्रिक समाजवादीले ४, नागरिक उन्मुकुति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले १, मजदुर किसान पार्टी र जनमत पार्टीले १/१ स्थानमा जित हात पार्दा ५ जना स्वतन्त्र उम्मेदवारहरुले जित हात पारेका छन् ।


क्लिकमान्डु