सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय पुग्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार ४ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको थियो ।


क्लिकमान्डु