काठमाडौंमा रक्सी पसल १० बजेसम्म खोल्न पाइने, डान्स, दोहोरी बिहान दुई बजेसम्म



काठमाडौं । काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाण्डौ जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि बिगतदेखि नै अभ्यासमा रहेका देहाय बमोजिमका नियमानुसार सञ्चालित व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने’ निर्णय भएको जनाइएको छ ।

यस्तो छ व्यवसाय सञ्चालनका लागि लागि तोकिएको समय

१. लिकर सपहरु (बोतलबन्दी बिक्री हुने मात्र)– २२:०० बजेसम्म ।
२. रेष्टुरेन्ट-२४:०० बजेसम्म ।
३. डान्स दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार –०२:०० बजेसम्म ।
४. क्लव र डिस्को –०४:०० बजेसम्म ।


क्लिकमान्डु