सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा शुक्रबार ४० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु