निर्वाचन पर्यवेक्षणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौंमा



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षेणका लागि दक्षिण कोरिया र मालदिभ्सको टोली काठमाडौ आइपुगेको छ ।

दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्य टोली निर्वाचन पर्यवेक्षणका लागि आएको हो ।

बिहीबार निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उनीहरुलाई स्वागत गरेका थिए ।

निर्वाचन पर्यवेक्षणका लागि आज भारत, बंगलादेश र भुटानका प्रमुख निर्वाचन आयुक्तसहितका टोली आउँदै छ ।


क्लिकमान्डु