सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । बुधबार १४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार ३० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु