प्यूठानमा जिप दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते



प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्यूठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप बुधबार बिहान करिब १ बजेतिर प्यूठान नगरपालिका–५ कुडापानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए ।

दुर्घटनामा प्यूठान नगरपालिका–५ का ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा घाइते भएका छन् ।

यस्तै, ४७ वर्षीया गोरी खत्री, ४१ वर्षीया नखी महरा, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका पनि घाइते भएका छन् ।

जिपका चालक प्यूठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर ६ जनालाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु