दुना–टपरी उद्योगमा आगलागी, दुई करोड बढीको क्षति



झापा । झापाको मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित एक दुना–टपरी उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा हिजो राति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ । उद्योगमामा मध्यरातमा लागेको आगो दुइृ घण्टापछि नियन्त्रणमा आएको डिएसपी वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

उद्योगमा विदेश निर्यातका लागि ठूलो परिमाणमा दुना–टपरी तयार गरी राखिएकोले क्षति बढी भएको बताइएको छ ।


क्लिकमान्डु