४ वर्षको नगद लाभांश लिन ग्लोबल आइएमई बैंकले बोलायो सेयरधनीलाई



काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ वर्ष भन्दा पुरानो लाभांश लिन बोलाएको छ ।

बैंकले ५ वर्ष भन्दा पुरानो ४ आर्थिक वर्षको नगद लाभांश लिनका लागि सेयरधनीलाई बोलाएको हो ।

बैंकका कतिपय सेयरधनीले आर्थिक वर्ष २०६६/०६७, २०६७/०६८, २०६८/०६९ र २०७०/०७१ सम्मको नगद लाभांश नलगेपछि बैंकले सूचना जारी गरेर बोलाएको हो ।

एक महिनाभित्र उक्त लाभांश ग्लोबल आइएमई क्यापीटल मार्फत लिन भनेको छ । उक्त लाभांश एक महिनामा नलगे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैैंकले जनाएको छ ।

लाभांश लिन बाँकी सेयरधनीको विवरण ग्लोबल आइएमई बैंक र ग्लोबल आइएमई क्यापीटलको वेवसाइटमा राखेको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु