उद्योगीको समस्याप्रति म गम्भीर भएको छुः गर्भनर अधिकारी



विराटनगर । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योगीको समस्याप्रति आफू गम्भीर रहेको जनाएका छन् ।

नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले आयोजना गरेको छलफलमा अधिकारीले यस्तो बताएका हुन् ।

अधिकारीले सम्पूर्ण वित्तिय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिएका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयूक्त प्रतिनिधि मण्डलले गर्भनर अधिकारी लगायत उच्च पदस्थ कर्मचारीहरुका साथ भेटघाट गरी वर्तमानको वित्तीय संकट सम्वन्धमा प्रतिवेदन सहित सुझाव प्रस्तुत गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नंं १ का अध्यक्ष भिम घिमिरे लगायत पदाधिकारीले गर्भनर अधिकारीलाई भेटी अहिलेको समस्याले उद्योगहरुमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरेका छन् ।


क्लिकमान्डु