चाडपर्वको समयमा बैंकिङ प्रणालीमा निक्षेप १७ अर्बले घट्यो, सीडी रेसियो बढ्यो



काठमाडौं । चाडपर्वको समयमा बैंकिङ प्रणालीमा निक्षेप १७ अर्ब १३ करोड रुपैयाँले घटेको छ ।

नेपाल बैंकसं संघकाअनुसार कात्तिक ४ गतेसम्म ४५ खर्ब ४० अर्ब ९० करोड रुपैयाँ निक्षेप रहेकामा ११ गतेसम्म आइपुग्दा १७ अर्ब १३ करोड रुपैयाँले घटेर ४५ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।

यो अवधिमा प्रणालीमा निक्षेप घटे पनि कर्जा प्रवाह भने बढेको छ । संघकाअनुसार एक साताको अवधिमा कर्जा प्रवाह ५६ करोड रुपैयाँले बढेको छ । कात्तिक ४ गतेसम्म ४२ खर्ब २४ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा ११ गतेसम्म आइपुग्दा ५६ करोड रुपैयाँले बढेर ४२ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

संघका अनुसार यो अवधिमा बैंकहरुको कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) बढेको छ । कात्तिक ४ गतेसम्म ८७.२३ प्रतिशत रहेकोमा ११ गतेसम्म आइपुग्दा बढेर ८७.५८ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु