१ हजार किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन ईभी सार्वजनिक, मूल्य १ लाख २० हजार अमेरिकी डलर



एजेन्सी । फ्रान्सेली कम्पनी होपिम मसिनाले कम्पनीले १००० किलोमिटर रेन्ज दिने पहिलो हाइड्रोजन विद्युतीय कार सार्वजनिक गरेको छ।

कम्पनीले पेरिम मोटर शोमा एक ट्यांक हाइड्रोजनले १००० किलोमिटर रेन्ज दिने र ३ मिनेटमै हाइड्रोजन रिफ्युल गर्न सकिने जनाएको छ।

होपिमको फ्रान्सको भेर्ननमा रहेको प्लान्टबाट वार्षिक २० हजार कार उत्पादन हुने र हाइड्रोजन ईभीको उत्पादन भने २०२५ बाटमात्र हुने बताइएको छ। कम्पनीले युरोपमा बुकिङ लिइरहेको छ।

यो कारको हाइड्रोजन रिफिल हुन ३ मिनेट लाग्ने र विद्युत स्टोर गर्न साना आकारको ब्याट्री हुनेछन्। यो कारले एक ट्यांक हाइड्रोजनबाट १ हजार किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ।

यो कारमा भएको मोटरले ४ सय ९३ एचपी पावर जेनेरेट गर्ने छ भने शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५ सेकेन्डभन्दा कम समयमा तय गर्नेछ।

४ सिट क्षमताको विलाशी यो कारको डिजाइन फेलिक्स गोडवार्डले गरेको हो। उक्त कारको मूल्य करिब १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने अनुमान गरिएको छ।


क्लिकमान्डु