सिटिजन्स बैंकद्वारा लक्ष्मी पूजाको दिन क्यास डिपोजिट मेसिनमार्फत् नगद जम्मा गर्ने सेवाको शुभारम्भ



काठमाडौं । डिजिटल बैंकिङ्गलाई सँधै प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात २०७९ लक्ष्मी पूजाको दिन बाट गरेको छ ।

यस नवीनतम सेवामार्फत् अब आदरणीय ग्राहक महानुभावहरूले कुनै भौतिक फारम बिनानै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्नुहुनेछ । यस सेवा अन्तर्गत आदरणिय ग्राहक महानुभावहरूले क्यास डिपोजिट मेसिनबाट १,००० र ५०० रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।

यस सेवाबाट आदरणीय ग्राहक महानुभावहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुनुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ ।

कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र शसक्त ढंगले गा्रहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य बनाइएको बताएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु