सानिमा बैंकको लाभांश ९ वर्ष यताकै कम, कुन वर्ष कति ?



काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १०.९८ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले दिएको ९ वर्षको लाभांशमध्ये अहिलेसम्मकै कम हो । यो अवधिमा बैंकले १३.६ देखि २१.०५ प्रतिशतसम्म लाभांश दिएको थियो ।

गत आवको मुनाफाबाट भने बोनस १० र कर प्रयोजनका लागि ०.९८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७०/०७१ मा १५.७९ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १५ प्रतिशत र नगद लाभांश ०.७९ प्रतिशत दिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७१/०७२ मा २१.०५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र नगद लाभांश १.०५ प्रतिशत रहेको थियो ।

बैंकले आव २०७२/०७३ मा १५.७९ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १५ । नगद लाभांश ०.७९ प्रतिशत रहेको थियो ।

बैंककाअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १६ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा बैंकले १६ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो ।

यस्तै आव २०७४/०७५ मा १४ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा बैंकले बोनस सेयर नदिएर १४ प्रतिशत नै नगद लाभांश दिएको थियो ।

बैकले आर्थिक वर्ष २०७५/०७६ मा बोनस भन्दा नगद लाभांश बढी दिएको थियो । उक्त आवमा बैंकले २१.०५ प्रतिशत लाभांश दिएकोमा बोनस १० र नगद ११.०५ प्रतिशत रहेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा बैंकले १३.६ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १० र ३.६ प्रतिशत नगद लाभांश रहेको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १७.८९ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १७ र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिएको थियो ।

गत आवमा अघिल्लो वर्षको तुलनामा बैंकले दिएको लाभांश ६.९१ प्रतिशतले थोरै हो । गत आवको मुनाफाबाट बैैकले सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब २९ करोड २९ लाख ९ हजार ३२७ रुपैयाँ नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार १४५ रुपैयाँ रहेको थियो ।

बैंकको लाभांश दिन सक्ने क्षमता १२.९७ प्रतिशत रहेको थियो । तर बैंकले १०.९८ प्रतिशत मात्रै दिएको छ । गत असार मसान्तसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको थियो भने जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकले १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख निक्षेप संकलन गर्दा १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


क्लिकमान्डु