राष्ट्र बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१ र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिन अवधिका लागि ३ अर्ब ६० करोड र ३६४ दिन अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

९१ दिन अवधिको ट्रेजरी माघ १० गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको ट्रेजरी बिल २०८० कात्तिक ७ गते परिपक्व हुनेछ । सोमबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ ।

यो आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो २८ दिनदेखि १ वर्ष अवधिको हुने गर्दछ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु