डिशहोममा १ वर्षको रिचार्ज गर्दा दुधौलीकी विश्वकर्माले जितिन् एक लाख रुपैयाँ



काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् । यसै क्रममा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले एक लाख जितेकी छन् ।

हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको कटारी न पा १ बेल्सोत उदयपुर का सह—बितरक कृष्ण मोबाइल एण्ड गिफ्ट सेन्टरका डिलर कृष्ण देवकोटाको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टर का प्रोप्राइटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु