दुई महिनामै देश भित्रिनेभन्दा बाहिरिने रकम साढे २३ अर्ब रुपैयाँले बढी



काठमाडौं । सरकारले केही वस्तुको आयातमा प्रतिवन्ध र दर्जनौं वस्तुको आयातलाई निरुत्साहित गर्दा पनि अर्थतन्त्र ट्र्याकमा आउन सकेको छैन ।

चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) महिनामा देश भित्रिनेभन्दा बाहिरिने रकम २३ अर्ब ६८ करोड रुपैयाँले बढी हुनुले अर्थतन्त्र अझै पनि सही ट्र्याकमा नरहेको प्रष्ट संकेत गर्छ ।

अमेरिकी डलरमै रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढ्दा पनि देश भित्रिने र बाहिरिने रकमबीचको अन्तर (भुक्तानी सन्तुलन) ऋणात्मक अवस्थामा छ ।

यद्यपि, गत आर्थिक वर्षको भदौ महिनासँग तुलना गरेर हेर्ने हो भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार आएको देखिन्छ । २०७८ भदौमा भुक्तानी सन्तुलन ९४ अर्ब ८० करोड रुपैयाँले ऋणात्मक थियो । २०७९ भदौमा आइपुग्दा २३ अर्ब ६८ करोड रुपैयाँले मात्रै ऋणात्मक रहेको हो ।

अमेरिकी डलरमा गत वर्षको भदौमा ८० करोड ९ लाखले घाटामा रहेको भुक्तानी सन्तुलन यो भदौमा १८ करोड ५९ लाख डलरले घाटामा रहेको छ ।


क्लिकमान्डु