२१ अर्ब लागतमा १७१ मेगावाटको दुधकोशी जलविद्युत आयोजना बन्दै



काठमाडौं । सोलुखुम्बुको दुधकोशी नदीमा दुधकोशी–६ जलविद्युत आयोजना बन्ने भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको २ र ३ नम्बर वडामा बन्ने १७१ मेगावाटको उक्त जलविद्युत आयोजना निर्माणका लागि वन तथा वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस गरिएको छ ।

‘रन अफ रिभर’ प्रकारमा बन्न लागेको यो आयोजनालाई सगरमाथा हाइड्रोपावर प्रालीले निर्माण गर्न लागेको हो । आयोजनाको अनुमानित लागत २९ अर्ब ६१ करोड ४१ लाख रहेको छ ।

१७१ मेगावाट क्षमताको जलविद्युत आयोजनाको वर्षा मौसमको उर्जा ६८८.४८० गिगावाट आवर र सुख्खा मौसमको उर्जा २९५.४५४ गिगावाट आवर हुने जनाइएको छ । वार्षिक रुपमा आयोजनाबाट कुल ९८३.९३४ गिगावाट आवर विद्युत पैदा हुने छ ।

४ वटा अप्रोज कल्भर्ट रहने आयोजनाको विद्युत गृह भूमिगत राखिनेछ । तीन फेजको (स्नाइक्रोमस) जेनेरेटर प्रयाग हुने विद्युत गृहमा तीन वटा टबाईन राखिने बताइएको छ ।

आयोजनाको प्रसारण लाइन २२० किलो भोल्टको डबल सर्किटसहितको हुने प्रतिवेदनमा उल्लेख छ । करिब ६३ किमी लम्बाई रहने प्रसारण लाइन नयाँ खिम्ति सबस्टेसनमा गएर जोडिने छ ।


क्लिकमान्डु