आरएसडिसी लघुवित्तको नाफा १०१.९७% ले बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मनग्य नाफा आर्जन गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीको नाफा १०१.९७ प्रतिशतले बढेर ३ करोड ८२ लाख ३१ हजार २६२ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ८९ लाख २८ हजार ३७८ रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा निकै सुधार आएको छ । जसले गर्दा नाफा आर्जन बढेको छ । असोज मसान्तसम्म कम्पनीले ७ करोड ६५ लाख २ हजार २३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३ करोड ४८ लाख ८० हजार ७७३ रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा २ करोड ५६ लाख ५६ हजार ३२३ रुपैयाँबाट बढेर ५ करोड ४६ लाख १६ हजार ८८ रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा ३ करोड १० लाख ३८ हजार १११ रुपैयाँ रहेको छ ।

८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ७४ लाख ९३ हजार ५५० रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ०.२८ प्रतिशतबाट बढेर ०.६० प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।


क्लिकमान्डु