एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा केशवप्रसाद लम्साल



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल यस एन आइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको मिति २०७९/७/२ मा बसेको ५७१औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ति गरेको हो । नवनियुक्त सञ्चालक केशवप्रसाद लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् ।

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेको उनको राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थियो ।


क्लिकमान्डु