सबै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको शाखा सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ ।

बैंकले मंगलबार सर्लाही जिल्लाको मलंगवा–९ मा नयाँ शाखा खोलेको छ । यो सँगै सबै जिल्लाको सदरमुकाममा बैंकको पुगेको हो । वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुँच पु¥याई रहेको छ ।

सरकारको स्वामित्व रहेको बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । यस्तै २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ ।

आ.व. २०७८/७९ मा बैैंंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब पुगेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।


क्लिकमान्डु