सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा बुधबार २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु