ग्यापुको ‘दिपावली बाहार’ अफर



काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘दिपावली बाहार’ अफर ल्याएको छ ।

तिहारलाई लक्षित गर्दै ग्यापु प्रयोगकर्ताले विभिन्न सामग्री खरिद गर्दा ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको हो ।

उक्त अफर असोज ३१ गतेदेखि कात्तिक ४ गतेसम्मका लागि रहेको ग्यापुले जनाएको छ ।

जस अन्तर्गत ग्राहकले माक्कुसेको कुकिज एवं स्विट्सहरूको खरिदमा २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

यस्तै, मेन्स अफिसर ब्यागको खरिदमा २० प्रतिशत, भाइटिका मसलामा १० प्रतिशत, मिठाइमा १० प्रतिशत, विभिन्न ब्रान्डका स्किन केयर सामग्रीमा २० प्रतिशत छुट रहेको छ । साथै ब्रेड ट्रिमल लगायतका सामाग्री खरिदमा २० प्रतिशत, फलपूmलमा २० प्रतिशत र स्विन कुर्तामा समेत २० प्रतिशतसम्म छुट रहेको ग्यापुले जनाएको छ ।

यसबाहेक सामान खरिदका लागि हिमालय बैंक, एनआइसी एसिया बैंक, मेघा बैंक, एनएमबि बैंक, इसेवा, फोनपे, खल्ती लगायतबाट रकम भुक्तानी गर्दा विशेष क्यासब्याकको समेत व्यवस्था गरिएको छ ।


क्लिकमान्डु