सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु